July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

बेंगलोरमाथिको लखनउको रोमाञ्चक जित, पुरनले हाने १५ बलमै अर्धशतक

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:२८
बेंगलोरमाथिको लखनउको रोमाञ्चक जित, पुरनले हाने १५ बलमै अर्धशतक

काठमाडौं । निकोलस पुरनले जारी सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा सबैभन्दा छिटो १५ बलमै अर्धतशक हानेको खेलमा लखनउ सुपर जायन्ट्सले रोएल च्यालेनर्जस बेंगलोरलाई एक विकेटले पराजित गरेको छ ।

मार्कोस स्टोइनिस र पुरनको आक्रमक अर्धशतक मद्दतमा लखनउले बेंगलोरले दिएको २१३ रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकालेको हो । बेंगलोरका टप अर्डरका तीन खेलाडीले अर्धशतक प्रहार गरेपनि जितका लागि काम लागेन ।

१५ बलमै अर्धशतक प्रहार गरेका पुरनले १९ बल खेल्दै ६२ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मार्कुस स्टोइनिसले ३० बलमा ६ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ६५ रन बनाए ।

ठूलो लक्ष्य पछ्याउने क्रममा लखनउले २३ रनमै तीन विकेट गुमाएको थियो । तर स्टोइनिसले कप्तान केएल राहुलसँग ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । राहुले १८ रन जोडे । राहुल र स्टोइनिस आउट भएपछि पुरनेल सानदार ब्याटिङ गरे । पुरनले छैटौं विकेटका लागि आयुस बदोनीसँग ८४ रनको साझेदारी गरे । बदोनीले १९औं ओभरमा हिट विकेट हुनुअघि २४ बलमा चार चौका प्रहार गरी ३० रन बनाए ।

नाटकीय बनेको अन्तिम ओभरमा लखनउलाई जितका लागि पाँच रन चाहिएको थियो भने तीन विकेट बाँकी थियो । तर, अन्तिम ओभरमा दुई विकेट गुमाएपछि लखनउले अन्तिम बलमा एक रन जोड्दै खेल जितेको हो ।

बलिङमा बेंगलोरका मोहम्मद सिराज र वायने पार्नेलले तीन/तीन तथा हर्शल पटेलले दुई विकेट लिए ।

त्यसअघि घरेलु मैदान एम चेन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २१२ रन बनाएको थियो ।

उसका कप्तान फाफ डु प्लेसिस,विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशत बनाए ।

ओपनर कप्तान डु प्लेसिसले ४६ बलमा पाँच चौका र पाँच छक्काको मदतमा अविजित रहँदै सर्वाधिक ७९ रन बनाए ।

पहिलो विकेटका लागि डु प्लेसिसले विराट कोहलीसँग ९६ रनको साझेदारी गरेका थिए । कोहलीले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरी ६१ रन बनाए ।

कोहली आउट भएपछि म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै दुई सय स्कोर कटाउन मद्दत गरे । म्याक्सवेलले २९ बलमा तीन चौका र ६ छक्का प्रहार गरी ५९ रन बनाए । कप्तान डु प्देसिस र म्याक्सवेलले दोस्रो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे ।

लखनउका लागि मार्क वुड र अमित मिश्राले समान एक/एक विकेट लिए ।

यस सिजन तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै लखनउ अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हार बेहोरेको बेंगलोर तीन खेलबाट दुई अंकसहित सातौं स्थानमा छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्