April 6, 2025 | आइतवार, चैत्र २४, २०८१
सुचनाहरु
चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा

बढ्यो सेयर बजार भएको छ हरियाली

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१0
बढ्यो सेयर बजार भएको छ हरियाली

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्‍दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा बढेको छ। आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो दिन मंगलबार ८७ करोड ४ लाख मूल्य बराबरको सेयर किनबेच भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै गुराँस लघुवित्तको ९.५९ र एनसीसी डिवेन्चर २०८६ को सेयर मूल्य ८.२१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो । सो कम्पनीको ८ करोड ८३ लाख मूल्य बराबरको कारोबार भयो। यस्तै नविल बैंकको ३ करोड ६६ लाख र एनआईसी एसिया बैंकको ३ करोड १८ लाख मूल्यको सेयर कारोबार भयो।

कारोबारमा आएका उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिएको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट