October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

संवैधानिक परिषदमा प्रधानन्यायाधीशलाई राख्नु उचित होइन : रघुजी पन्त

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१६
संवैधानिक परिषदमा प्रधानन्यायाधीशलाई राख्नु उचित होइन : रघुजी पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित नभएको दाबी गरेका छन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै उहाँले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुृने तर्क गरेका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता पन्तले कुनै पनि नियुक्तिका
मुद्दाहरु सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसहरुलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित हो÷होइन भन्ने प्रश्न समेत उठेको जिकीर गरे ।

‘यो महाभियोगको प्रस्ताव नराख्दा पनि अर्को समस्या हुन्छ । भोलि फेरि पूर्वाग्रहबस त्यस्तै मान्छे नियुक्त भएर आयो भने त्यसले अरु असर गर्ला भन्ने डर । अव त्यहाँ भित्र शक्तिशाली
प्रावधान नराख्ने हो भने आयोग प्रभावहीन होला भन्ने डर । यो डर भनेको डेमोक्रेसीको वीक्नेश हो’, पन्तले भने, ‘त्यसैले राजनीतिक नेतृत्वले विना पूर्वाग्रह योग्य मान्छेहरु ल्याउन सक्ने
ठाउँहरु हामीले राख्न सक्नु पर्दछ । हामीले देख्यौं नि प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्यौं । उनी आफै क्याविनेटमा समेत भाग खोज्न थाले ।
र, अहिले मलाई के लाग्दैछ भने प्रधानन्यायाधीश अव त्यो नियुक्ति गरेको मुद्दा सर्वोच्च अदालतमा जान्छ । त्यही ठाउँको मान्छेलाई संवैधानिक परिषदमा राख्ने कुरा आज उचित हो कि होइन ? हिजो उचित लागेको थियो ।’

नेता पन्तले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वमा दृढता हुनुपर्ने आवश्यक्ता समेत औंल्याए । राजनीतिक नेतृत्व र राजनीतिक दलहरुमा
सुधार नआउने हो भने अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान हुनै नसक्ने उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्