October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सात किलोमिटरको भाडा एक हजार

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:0९
सात किलोमिटरको भाडा एक हजार

हुम्ला  । जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्। यात्रुले १० किलोमिटर कच्ची सडकको यात्रामा मोटरसाइकललाई एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलबाट यात्रा गर्दा यात्रुले एक हजार रुपियाँ भाडा तिर्नुपर्छ।

सलीसल्लाबाट चङ्खेली गाउँपालिकाकाे केन्द्र पिप्लाङसम्म पनि एक हजार भाडा असुल्ने गरिएको छ। सो खण्डमा आठ किलोमिटर कच्ची सडक पर्छ। सर्केगार्डबाट स्याल्टडीसम्मको भाडा पनि एक हजार नै लिने गर्दै आएका छन। सो खण्डको दूरी सात किलोमिटर छ।

यात्रु सुरेश परियारले सलीसल्लाबाट सर्केगार्डसम्म मोटरसाइकलबाट यात्रा गर्दा एक हजार भाडा तिरेको बताउनुभयो।

मोटरसाइकलमा एक जना मात्र यात्रु नराखेर तीन जनासम्म राख्ने गरेका कारण यात्रा पनि उत्तिक्कै जोखिमपूर्ण छ। पैदल यात्रा गर्दा दुई घन्टा लाग्ने सडकमा मोटरसाइकलले २५ मिनेट समय लगाउने गर्दछ। सडक सञ्चालनमा आएपछि यात्रु पनि मोटरसाइकलमै आउजाउ गर्न रुचाउँछन्। सर्केगार्डमा प्रहरी चौकी र ट्राफिक प्रहरी भए पनि मोटरसाइकलले लिने चर्को भाडाका सम्बन्धमा केही बोल्ने गरेका छैनन्।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्