May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

रतुवा पुल निर्माणले गति लियो

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १३:२६
रतुवा पुल निर्माणले गति लियो

झापा । रतुवा खोलामाथि निर्माण हुन लागेको पुलको भौतिक प्रगति ४० प्रतिशत रहेको छ । एकवर्ष अघि यो पुलको पुनः ठेक्का लागेको थियो । हुलाकी राममार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुलको निर्माण तीव्र गतिमा भइरहेको र चालु आर्थिक वर्षमै सम्पन्न हुनेछ ।

डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माणसँगै झापा–मोरङ गर्न हुलाकी राजमार्गबाट सहज हुने राईले जानकारी दिए । विसं २०७९ चैतमा तीन वर्ष अर्थात् विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २१ करोडमा देव एण्ड सायर–समता आशिष सन्दिप जेभीले ठेक्का लिएको थियो ।

विगत १५ वर्षअघि निर्माण कार्य अलपत्र पारिएको पुलको झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताए । यसअघि विसंं २०६४/६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो ।

कार्यालयका सूचना अधिकारी राईका अनुसार हुलाकी राजमार्ग अन्तर्गतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ । उनले भने, ‘झापा सडक खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको छ ।’

कनकाई नदीको पुल भने निर्माणमा ढिलासुस्ती भइरहेको सूचना अधिकारी राईले बताए । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ । सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ । हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट