sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:२१
कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ।

नेपाल–भारत महिला मैत्री समाज काठमाडौले भारत सरकारको सहयोगमा बुधबार आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाको अति (बिपन्न ,गरिब दलित गरि ५०० घर–घुरीलाई निशुल्क एल.पि ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको हो।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल।पी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल–भारत महिला मैत्री समाज काठमाडौकी अध्यक्ष माननीय चन्दा चौधरीले बताएकी छन्।

नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक संसद समेत रहेकि अध्यक्ष चौधरीले ग्यास सिलिन्डर वितरणबाट दलित तथा विपन्न परिवार लाभान्वित हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदिबहिनिको स्वास्थमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी यो अभियान सञ्चालनमा ल्याएको बताइन् ।

उनले यस अभियानबाट आगलागी न्यूनीकरण , वनविनाश रोकिने विश्वास लिएको बताईन ।अध्यक्ष चौधरीले आउने समय महिला शस्क्तिकरणको लागि सिलाई कटाई देखि विभिन्न कार्यक्रम ल्याउने पहल भईरहेको बताईन।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अर्मत महोत्सव” अन्तगर्त नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक रहेको चौधरीले स्पष्ट पारिन् ।नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ ।

जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले सहयोग स्वरुप यो कार्यक्रम अघि बढाएको तथा भारत सरकारले ल्याएको प्रधानमन्त्री उज्ज्वल योजनाबाट यो योजना प्रेरित रहेको चौधरीको भनाई छ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतीय राजदूतावास र नेपाल–भारत महिलामैत्री समाजबीच २०७८ फागुनमा सम्झदारी पत्रमा हस्ताक्षर भएको थियो।

उनले नेपाल–भारत महिला मैत्री समाजले भारत सरकारको दुई करोड चार लाख ९० हजार अनुदान सहयोगमा सर्लाही मात्रै होईन मधेस प्रदेशका रौतहट र सप्तरी जिल्लाका पिछडिएका ३ हजार घरपरिवारलाई समेत एल.पी ग्यास चुल्हो सेट लगायतका सामग्री वितरण गर्ने जानकारी दिईन्।

कार्यक्रमको बिशिस्ट अतिथी भारतिय दूतावास बिरगंजका प्रमुख नितेश कुमारले कौडेना गाउँपालिकाको स्थानीयलाई ग्यास चुल्हो वितरण गर्न पाउँदा निकै हर्सित भएको बताए।

उनले सर्लाहीको बिकासको लागि भारत सरकारले बिगतमा सहयोग गरेको र आउने दिनमा पनि सक्दो सहयोग गर्ने बताएका थिए।

कार्यक्रमको सम्बोधन गर्दै अर्का बिशिस्ठ अतिथी एवं नेपाली काङ्ग्रेसको सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले मैत्री समाज र भारत सरकार मार्फत कौडेनाको प्रत्येक वडा र सर्लाहीको सम्पूर्ण गाउँपालिकामा यस्ता कार्यक्रम ल्याउन आग्रह गरे।

भारत नेपाल बिच बेटि–रोटिको सम्बन्ध रहेको बताउदै उनले सर्लाही सडक ,शिक्षा स्वास्थ सुधारको लागि भारत सरकारसङग सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कौडेना गाउँपालिकाको अध्यक्ष रुपेश यादबले यहाँका स्थानीय वर्षौदेखि दाउरा र रुखको पात उपयोग गर्दै खाना र खाजा बनाउन बिबस थिए ।जसका धुवाँ धुलोले गर्दा विभिन्न रोगबाट ग्रसित भई पीडित छन् । जनताको पिडालाई सम्बोधन गर्न भारत सरकार र मैत्री समाजले हाम्रो गाउँपालिकाको स्थानीय प्रती देखाएको हार्दिकताको जति सराहना गरेपनि कम हुने बताए ।

कार्यक्रममा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले महिला दिदि (बहिनीको स्वास्थ्य रक्षाको लागि ,समय बचतको लागि साथै आ – आफ्नो जीवन रुपान्तरण गर्न ग्यास चुल्हो बितरन कार्यले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै आयोजक संस्था नेपाल( भारत महिला मैत्री समाज काठमाडौलाई आभार व्यक्त गरेका छन् ।

चन्दा बेटिको प्रयासले धुवाँ धुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्सित भएको स्थानीय सुधा देबीले बताइन् ।

संस्थाका उपाध्यक्ष राधा कुमारी कायस्थको अध्यक्षतामा तथा कौडेना गाउँपालिकाको सहजीकरणमा समपन्न कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष नगिना देवि ,जनपथ प्रहरी प्रमुख एसपि नरेश राज सुबेदि , शस्त्र प्रहरी उपरिक्षक  तुल बहादुर भन्डारी सहित स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid