May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सभामुखका लागि राप्रपाले दियो नाम

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:0३
सभामुखका लागि राप्रपाले दियो नाम
  • सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले  अम्बरबहादुर विष्टलाई अघि सार्यो 
  • तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि….
  • एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी

विराटनगर ।।

कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि विष्टले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएको हो । एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । राजनीतिमा नाटकीय परिवर्तन नभए विष्ट एक साताभित्र कोशीको सभामुख बन्नेछन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुख पदका लागि एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी छ ।

स्रोतका अनुसार सत्ता गठबन्धन दलका नेताले राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सभामुख बन्नका लागि प्रस्ताव गरेका थिए । तर सिटौलाले आफू नभई दलका ज्येष्ठ सदस्य विष्टको नाम सभामुखमा प्रस्ताव गरेका हुन् । ‘हाम्रो एक जना दाइ हुनुहुन्छ वरिष्ठ (अम्बरबहादुर विष्ट)’, सिटौलाले भने, ‘पाउने नपाउने टुङ्गो भएपछि उहाँलाई अघि सार्छाैं ।’ राप्रपा र सत्ता गठबन्धन दलले विष्टलाई सर्वसम्मत सभामुख बनाउन चाहेका छन् । त्यसका लागि एमालेसँग छलफल गर्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । एमालेले उपसभामुख सृजना दनुवारलाई नै सभामुख बनाउन खोजेको छ । तर गठबन्धन दल राप्रपाको विकल्प खोज्न तयार छैनन् ।

‘हामीले इन्टरनेशनल प्राक्टिस पनि हेर्‍यौं, अपोजिसनले सभामुख लिने प्राक्टिस भएका रहेछन्’, सिटौलाले भने,‘सभामुखलाई सर्वसम्मत बनाउने मनस्थितिमा छौं ।’ एमालेसँग पनि सल्लाह गरेर सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । सरकारमा जाने योजना भने नरहेको उनले बताए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् । सत्ता गठबन्धनकै दलबाट सभामुख चयन गर्दा सरकारलाई बहुमत नपुग्ने भएकाले रगठबन्धनले राप्रपालाई सभामुखको प्रस्ताव गरेको हो ।सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।