May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

हुम्लामा विकाससँगै प्रदूषण : मासिँदै कर्णाली सभ्यता

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:१३
हुम्लामा विकाससँगै प्रदूषण : मासिँदै कर्णाली सभ्यता

हुम्ला । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको छ भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।

कर्णाली कोरिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साबिकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ ।

साँयाका ४ वटा गाउँका मानिसको दैनिक उपभोग गर्ने सामानहरूको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार विस्तारको क्रम बढेको हो । बजार विस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दूषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दूषित बन्दै गएको भन्दै स्थानीयहरूले दुखेसो पोखेका छन् ।

कर्णाली कोरिडोर निर्माण हुनुअघि यहाँका मानिस कर्णालीकै पानी पिउने गर्दथे । तर कोरिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दूषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानीयवासी बताउँछन् ।

स्थानीय रेलकला शाहीले शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदूषित हुन पुगेको बताउनुभयो । उहाँले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको जानकारी दिनुभयो । त्यस्तै, अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरू बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताउनुभयो । उहाँका अनुसार मृत पशुचौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्यधिक दूषित भएको छ ।

कर्णाली कोरिडोरको सडक विस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने बताउनुहुन्छ । उहाँले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताउनुभयो ।

कोरिडोरअन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउनुहुँदै नदीको पानी कैलाश जलको रूपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरूले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताउनुभयो । उहाँले कर्णालीको पानी उद्योगको रूपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने औँल्याउनुभयो । पर्यटन व्यवसायी भण्डारीले भविष्यमा मानव सभ्यता जोगाउने भूमिका कर्णालीले खेल्ने पनि बताउनुभयो ।

यता, कर्णाली कोरिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानीयहरू आन्तरिक उत्पादनलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडियालगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो । स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरू काम गरेर खानेभन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताउनुभयो । हुम्लाको उत्पादनले बाहिरका बजारलाई विस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरूले स्थानीय बजार विस्थापन गरेको औँल्याउनुभयो । बाहिरको सामग्रीलाई रोक्नका लागि भण्डारण केन्द्रको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै, आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महसुस गरेको बताउनुभयो । विकासले स्थानीय उत्पादनहरू लोप हुँदै गएको बताउनुहुँदै उहाँले हुम्लामा पछिल्लो समय बढ्दो सहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको बताउनुभयो ।

कुल क्षेत्रफलमध्ये चार हजार २६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउलगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आए पनि सडक विस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ । यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट