May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:१६
लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

धनगढी  । धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार सरकारी १७ विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्।

सामुदायिक विद्यालयको नतिजा खस्कँदै गइरहेको अवस्थामा १७ वटा विद्यालयका कक्षा ८ का सबै विद्यार्थीले कक्षा ९ पढ्न नपाउने गरी वार्षिक परीक्षामा नतिजा ल्याएपछि हल्लीखल्ली मच्चिएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–१, शान्तिनगरमा रहेको सरस्वती आधारभूत विद्यालय, १३ श्रीलङ्कास्थित नवज्योति आधारभूत विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन पाउने गरी नतिजा ल्याउन सकेका छैनन्। यस्तै वडा नम्बर १३ राजपुरमा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ६ मटियारीमा रहेको भैरवबाबा आधारभूत विद्यालय, वडा नम्बर ९ बङ्गरा कटानमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीले आवश्यक ग्रेड प्राप्त गर्न सकेनन्।

यसैगरी वडा नम्बर ७ देवहरियामा रहेको शिव माध्यमिक विद्यालय, वडा नम्बर १७ पथरीमा रहेको भानु मावि, १६ स्थित डुमलियामा रहेको सज्जन आधारभूत विद्यालय, सोही वडाको भादास्थित दीपेन्द्र चारपाते माविको कक्षा ८ को नतिजा ननग्रेड आएको छ। यस्तै वडा नम्बर १४ फूलबारीस्थित शिवशङ्कर आधारभूत विद्यालय, सोही वडाको एच गाउँस्थित सिद्धार्थ आधारभूत विद्यालय, वडा नम्बर १८ स्थित खप्तडी आधारभूत विद्यालय, इन्द्रोदय आधारभूत विद्यालयको नतिजा लज्जास्पद छ। त्यस्तै वडा नम्बर १९ स्थित फूलबारी आवि, वडा नम्बर १२ स्थित जनकबस्ती आवि, दुर्गा आवि र वडा नम्बर १० मा रहेको जनकल्याण माविको कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन पाउने नतिजा ल्याउन सकेनन्। १७ वटा विद्यालयका कक्षा ८ को नतिजा लज्जासपद आएपछि चर्को टीकाटिप्पणी भइरहेको छ। शिक्षकहरू शिक्षण पेसाभन्दा पनि नेतागिरी गर्न थालेपछि नतिजा खस्केको कतिपय नगरवासीको आरोप छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट