April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

हाजिर नगर्ने २२ जना प्रहरीलाई सेवाबाट हटाएर कारबाही गर्ने चेतावनी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० ११:५८
हाजिर नगर्ने २२ जना प्रहरीलाई सेवाबाट हटाएर कारबाही गर्ने चेतावनी
  • नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
  • अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी
  • गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश

 काठमाडौं ।।

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि कार्यालयमा गैरहाजिर छन् । गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र संखुवासभाका जनम राई रहेका छन् ।

यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा अमर डाँगी, निवास चौधरी, प्रेम कुँवर, पूर्णबहादुर वली, हेमन्त कुमाल, उमेश लामा, सुस्मत खड्का, दिपक राई, केवोङलिङ आङदेम्बे रहेका छन् । यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ ।

 

 

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।