October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

वडाध्यक्षहरूलाई हर्क साम्पाङको चेतावनी- सच्चिएर बैठकमा आऊ, नत्र राजीनामा देऊ

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:४२
वडाध्यक्षहरूलाई हर्क साम्पाङको चेतावनी- सच्चिएर बैठकमा आऊ, नत्र राजीनामा देऊ

 धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् ।

शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् ।

बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

उनले धरानका वडाहरूमा भएका कामको विवरण पनि सार्वजनिक गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिएका छन् । विज्ञप्ति जारी गर्दै वडामा भएको प्रगति र कामका बारेमा आफूलाई समेत थाहा नभएकाले यसको जानकारी दिन भनेका हुन् ।

धरान उपमहानगरमा लामो समयदेखि कार्यपालिका बैठक बस्न सकेको छैन । कार्यपालिका बैठक नबस्दा आफू र नागरिकले वडामा भएको कामको बारेमा जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् ।

‘विगत केही महिना देखि विना कुनै खास कारण पटक-पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु’, साम्पाङले भनेका छन् ।

उनले लेखेका छन्, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ (कार्य विभाजन र कार्य सम्पादन) को उपधारा ४ क (नगर प्रमुखको काम कर्तव्य र अधिकार) को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषा शैली प्रयोग गर्ने भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण छैन साथै धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ ।’

मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको । बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन् । स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए ।

केही वडाध्यक्षहरूले हातमा कालोपट्टी बाँधेर मेयरको विरोध गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्