April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:४0
कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

काठमाडौं । गायक प्रकाश सपुतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो ।

सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपुतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ ले त्यसको बराबरी गरेको हो ।

‘पीर’ गीतको भिडीओ विवादमा आएपछि सपुतले त्यसलाई युट्युटबाट हटाएर सम्पादनसहित अर्को भिडीओ हालेका थिए । अर्को भिडियोमा भने करोड भ्यूज पुग्न सकेको छैन ।

सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा उक्लेको थियो । यो गीत अहिले पनि १ नम्बरबाट खस्केको छैन । टिकटकमा सकम्बरीको एकछत्र राज छ । सामाजिक सञ्जालमा भने गीतको पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, बैशाख ७, २०८० १६:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।