sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:४१
गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

बाजुरा  । बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने डाब बजारदेखि मार्तडी सडकको बीचमा स्थानीयले सुकाउने गरेको गहुँले पछिल्लो समय सडकमा दुर्घटनाको जोखिम बढाएको छ।

बूढीगङ्गा र बडीमालिका नगरपालिकाका अधिकांश स्थानीयले चुट्नका लागि गहुँबाली सुकाउन सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको हो। वैशाख लागेलगत्तै यहाँका स्थानीयले गहुँ टिपेर चुट्नका लागि सडकको बीचबीचमा राख्दै आएका छन्।

सोही ठाउँमा गाडी चलाउन निकै समस्या हुने गरेको गाडी चालक बताउँछन्। सडकको बीचमा गहुँ टिपेर राख्ने चलनले पछिल्लो समयमा बाजुराको डाबदेखि मार्तडीसम्मको अधिकांश सडकमा गाडी चलाउन निकै समस्या भएको महाकाली यातायात ना. ७ ख ५३३५ बसका चालक भेषराज जैसीले बताउनुभयो। “गहुँ बाटोमा नराख्न पटक–पटक भन्दै आएका छौँ तर पनि स्थानीयले सुनुवाइ नै गर्दैनन्,” उहाँले भन्नुभयो, “दुर्घटना हुन्छ भन्दाभन्दै पनि यस्तो काम गर्छन्।”

सडकमा गहुँ राखेर गाडीलाई बाटो अवरुद्ध गर्ने स्थानीयलाई बाटोमा गहुँ नफाल्नू भनेर जानकारी गर्दै आए पनि त्यसको कुनै सुनुवाइ नगरेको

बूढीगङ्गा नगरपालिका–८ का वडाध्यक्ष रमेश रावलले बताउनुभयो। उहाँले भन्नुभयो, “सडकमा गहुँ फाल्नु हुँदैन भन्दा उल्टै स्थानीयले आफूलाई गाली गर्ने गरेका छन्।”

बूढीगङ्गा नगरपालिकाको डाब, खुना, मालिका, रिठा, बेतालमाण्डौ, बाम्का, फालासैन, सेरा, बल्दे र बडीमालिका नगरपालिकाको तिपाडा, ओेलेना राप्पका, सेलाघाटलगायतका क्षेत्रमा पर्ने सडकमा स्थानीयले पछिल्लो समयमा गहुँ फाल्ने गरेका छन्।

सडकमा फालेको गहुँबाली गाडीले कुल्चिएर चुटिने भएकाले यहाँका स्थानीयले खेतबाट गहुँ टिप्दै सडकमा ल्याएर फाल्ने गरेका हुन्। बूढीगङ्गा र बडीमालिका नगरपालिकाका स्थानीयले बाटोमा राख्दै आएको गहुँ हटाउनुपर्नेबारेमा स्थानीय तहबाट कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोरसिंह ऐरीले बताउनुभयो।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid