July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं महानगरले सीसीटिभी जडान गर्न प्रहरीलाई दियो ६ करोड

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:४३
काठमाडौं महानगरले सीसीटिभी जडान गर्न प्रहरीलाई दियो ६ करोड

काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ ।

शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको महानगरपालिकाले जनाएको छ ।

बिहीबार महानगरपालिका प्रमुख बालेन शाहको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौं महानगरपालिकाले दिने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिनभित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिनेछ ।

सम्झौतापछि महानगरका प्रमुख शाहले, सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिए । ‘शहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ । यो नियमित हुनेछ’, मेयर शाहले भने ।

महानगरका अनुसार सम्झौतामा उल्लेख गरिएको कामहरु गृह मन्त्रालयबाट जारी भएको सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि अनुसार हुनेछ ।

सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गतेको सम्झौता अनुसार पनि महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामेरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्