May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १६:३५
तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न

जयकृष्ण यादव

इनरुवा, कात्तिक ३० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कालीथान मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा ५० केजीदेखी १२० केजीसम्म तौल उमेर समूहका मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादव, सतिशकुमार यादव, लक्की थापा, भरतकुमार, बाबा लाडी, ओमकार पहलमान, समसेर पहलमान, बिक्की पहलमान, रामु पहलमान, सोनु पहलमान, रिजवान गणी, मोहित पहलमान, कल्कु पहलमान, भेसा पहलमानसहित १९ जोडीमा ३८ खलिफाहरुले कुस्ती खेल्नुभएको थियो ।

प्रतियोगितामा भारतको राजधानी नयाँ दिल्लीसहित बनारस, जम्मुकस्मिर, विहार, लखनौ, राजस्थान, पञ्जाबसहितका राज्यका र नेपालको बारा, पर्सा, सुनसरी र सप्तरीका खलिफाहरुले कुस्ती प्रदर्शन गर्नुभएको थियो ।

प्रतियोगिताका प्रमुख अथिति एवम् पूर्व उपप्रधानमन्त्री तथा हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसको मौलिक पहिचानसँग र संस्कृतिसँग जोडिएको तर लोपोन्मुख अवस्थामा पुगेको कुस्ती खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजाद, भोक्राहा नरसिंह गाउँपालिका २ का वडा अध्यक्ष आलम अन्सारी, ४ का वडा अध्यक्ष हारुन अन्सारी, ६ का वडा अध्यक्ष सेराजुद्धिन अन्सारी र ७ का वडा अध्यक्ष बौवालाल यादव लगायतका जनप्रतिनिधि र स्थानीय नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल र भारतका नाम चलेका खलिफाहरुको उपस्थिति रहेकोमा उत्सकृत १९ खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कार वितरण गरेको आयोजक समितिका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिनुभयो । तीन दिनमा ७० हजारभन्दा बढी दर्शकले कुस्ती खेल अवलोकन गरेको आयोजक समितिका अध्यक्ष यादवले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १६:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।