sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १२:३८
घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले सरकारले खेलाडीलाई दिने भनेर घोषणा गरिएका पुरस्कार छिट्टै उपलब्ध गराउने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनसँग भेटेर खेलाडीले पाउने पुरस्कार वितरण गर्न अनुरोध गरेका थिए । भेटमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुन यस वर्ष पुरस्कार वितरण गर्न प्रक्रिया सुरु गर्न सहमत भएको मन्त्री श्रेष्ठले बताए ।

‘राष्ट्रिय टोलीले बाहिर खेल्न जाँदा उच्च मनोवलका साथ जानुपर्छ,’ उनले भने,‘हामीले मन्त्रालयको जिम्मेवारी लिनुभन्दा पहिलेका कति पुरस्कार खेलाडीलाई दिन बाँकी रहेछ । घोषणा गरिदिएका पुरस्कार चाँडै गरिदिए पो खेलाडीलाई उत्साह हुन्छ । आज प्रधानमन्त्रीसँग र अर्थमन्त्रीसँग भेटेर खेलाडीहरूको पुरस्कार दिउँ भन्दा उहाँहरूले यसलाई अगाडि बढाउने कुरा गर्नुभयो ।’

यसभन्दा अगाडि खेलकुद मन्त्रालयले पुरस्कार वितरण गर्दा पनि अर्थमन्त्रालयले यस वर्षको बजेटमा दिन नसकिने भन्दै फर्काउने गरेकाले खेलाडीले पुरस्कार पाउन समस्या भएको उनको भनाइ छ ।

‘केही दिन अगाडि मैले मन्त्रालयमा कुरा गर्दा पहिला पनि मन्त्रालयले पुरस्कार दिन सिफारिस गरेर पठाएको रहेछ,’उनले भने, ‘तर अर्थ मन्त्रालयले यो वर्ष दिन सकिँदैन, अर्को वर्ष हेरौँला भनेर पठाएको रहेछ ।’

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १६, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid