July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

दूधको गुणस्तर र मूल्य निर्धारण भयो रामेछापमा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १६:0५
दूधको गुणस्तर र मूल्य निर्धारण भयो रामेछापमा

रामेछाप। जिल्लामा उत्पादन तथा बिक्री हुने दूधको गुणस्तर र नयाँ मूल्य निर्धारण गरिएको छ ।
सरकारले गाईको दूध १ सय र भैंसीको दूध १ सय २० रुपैयाँ निर्धारण गरेको भए पनि रामेछापमा भने गाईको दूध न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ न्यूनतम ८ प्रतिशत भएको दूधको मूल्य ९५ रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

भैसीको दूधमा भने न्यूनतम् ५ प्रतिशत फ्याट र न्यूनतम् ८ प्रतिशत गुणस्तर भएको दूध मात्र बिक्री वितरण गर्न दिने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताए।

निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेको अध्यक्षतामा बिहीबार बसेको जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको बैंकले जिल्लामा बिना लेबलको दूध तथा दूग्धजन्य पदार्थ बिक्री वितरण भएको पाएपछि यस्तो निर्णय गरिएको पनि घिमिरेले बताए।

आम नागरिकको घरघरमा दूध पुगोस् र गुणस्तरीय दूध खान पाउन् भन्ने उद्देश्यले दूध तथा दूधबाट उत्पादित वस्तुमा गुणस्तर कायम गरिएको पनि निमित्त प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए। दूग्ध संस्थानको नारा बोक्ने अनि प्लास्टिकमा प्याक गरेर दूध बेच्ने परम्पराको अन्त्य गर्न शुक्रबार बिहानैदेखि अनुगमन गरिने पनि घिमिरेले बताए। आफूले आम नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने र गुणस्तरहीन काम गर्ने कसैलाई छुट नदिने पनि घिमिरेको भनाइ छ। रिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्