May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

घाटमा गाडिएको अवस्थामा निकालियाे बालकको शव

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १६:00
घाटमा गाडिएको अवस्थामा निकालियाे बालकको शव

वीरगञ्जमा आर्यघाटकाे खाल्डोमा गाडिएको अवस्थामा बालककाे शव निकालिएकाे छ।

वीरगञ्ज महानगरपालिका-१३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दीलिप मण्डल धानुकको शव निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

वीरगञ्ज-१२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सविताका छोरा दीलिपकाे शव भेटिएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आफ्नै छोराको हत्या आशंकामा प्रहरीले ती बालकका बुवाआमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो।

थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ। वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुंक्त टोलीले आर्यघाटबाट शव निकालेको थापाले बताए।

बालकका बुवाआमाले बिहीबार घरकै एक कोठामा दीलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन्।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किँदा दीलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाहा नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुवा शम्भुले स्वीकार गरेका छन्।

दीलिप लागुपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइललगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरु कामका लागि बाहिर जाँदा दीलिपलाई कोठामै थुनेर जाने गरेको बुवा शम्भुले प्रहरीसमक्ष बयान दिएका छन्।

दीलिपको शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २५, २०८० १६:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।