May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

प्रधानमन्त्रीले आत्मालोचनासहित संसदलाई आश्वस्त पार्नुपर्ने

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १४:१३
प्रधानमन्त्रीले आत्मालोचनासहित संसदलाई आश्वस्त पार्नुपर्ने
  • प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न एमाले तयार 
  • संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने
  • अब केहीबेरमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी नेकपा एमाले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण सुन्न तयार भएको छ । तर आत्मालोचनासहित संसदलाई आश्वस्त नपारे सदन अवरुद्ध हुनसक्ने उसले बताएको छ ।एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरै पटक भारत गएको विवादास्पद अभिव्यक्ति दिएका थिए । यसले संसदको अपमान गरेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । स्रोतका अनुसार त्यो छलफलमा एमाले प्रधानमन्त्रीको जवाफ सुुन्न तयार भएको छ । अब केहीबेरमा बस्ने बैठकमा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ माग्ने छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

एमाले प्रमुख सचेतक पदम गिरीले  भने, ‘आत्मालोचनासहित संसदलाई आश्वस्त पार्नुभयो भने सदन खुल्छ । भएन भने अवरोध गर्नुपर्ने हुनसक्छ ।’

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।