November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मोदीलाई ज्यान मार्ने धम्की, केरेलामा बढाइयो सुरक्षा

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० १३:४४
मोदीलाई ज्यान मार्ने धम्की, केरेलामा बढाइयो सुरक्षा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) प्रदेश कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रेषकको नाम र अन्य विवरणहरू सहितको उक्त पत्रमा अप्रिल २४ मा मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनैपनि संलग्नता रहेको अस्वीकार गरेका छन् ।

यसैबीच प्रधानमन्त्रीको सुरक्षालाई लिएर प्रहरीले तयार पारेको योजनासमेत लिक भएको छ । उक्त योजना सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीको सुरक्षालाई लिएर थप चुनौती उतपन्न भएको र प्रहरी संयन्त्रबाट गम्भीर त्रुटी भएको भन्दै केरलाका विदेश राज्यमन्त्री एम मुरलीधरनले चिन्ता प्रकट गरेका छन् ।

मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा मोदीले जनसभालाई सम्बोधन गर्नेछन् । धम्की पत्र प्राप्त भएतापनि हालसम्म प्रधानमन्त्री मोदीको कार्यतालिकामा भने केही परिवर्तन गरिएको छैन ।

  • साझा परिवेश
  • शनिबार, बैशाख ९, २०८० १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्