April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ?

विश्वकपमा भारतसँगकाे लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बाेर्ड बर्खास्त

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:५७
विश्वकपमा भारतसँगकाे लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बाेर्ड बर्खास्त

काठमाण्डौ – विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमवार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको देशको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।

श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ ।

कोलम्बोमा मन्त्री रणसिङ्घले भन्नुभयो, ‘पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनःजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो ।’ उहाँले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिनुभयो ।

रणतुङ्गाले क्रिकेट पुनःनिर्माणको चुनौती स्वीकार गरेको बताउनुभयो । ‘श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।

बोर्डका सचिव एवम् दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डी सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो ।

गएको बिहीवार विश्वकपमा आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा सम्पूर्ण बोर्डको राजीनामा माग्नुभएको थियो । मुम्बईमा भारतले दिएको तीन सय ५८ रनको लक्ष्यलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्वकपको इतिहासमा चौथो सबैभन्दा कम योगफल हो ।

यो हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिवार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो ।

मन्त्री रणसिङ्घेले श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताउनुभयो । उहाँले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भन्नुभयो, ‘तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ ।’

श्रीलङ्काले आज साेमवार बङ्गलादेशसँग खेल्दैछ । विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।