October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

युवासंघलाई प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न महेश बस्नेतको निर्देशन

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:0१
युवासंघलाई प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न महेश बस्नेतको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन दिएका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन्।

उनले सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई पूरा गर्नका लागि युवा संघले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको पछि लागेको भन्दै प्रचण्ड प्रवृतिविरुद्ध लाग्न निर्देशनसमेत दिए।

त्यस्तै पदभार ग्रहण गर्दै राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष थेबेले आवाजबिहीन भएर बसेका युवाहरुको आवाज भएर संगठनलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले राष्ट्र निर्माणका साथै सामाजिक न्याय र सुशासनको पक्षमा युवा संघले काम गर्ने धारणा राखे।

कार्यक्रममा युवासंघका निवर्तमान अध्यक्ष किरण पौडेलले नवनिर्वाचित अध्यक्ष थेबेलाई कार्यभार हस्तान्तरण गरेका थिए।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्