May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

संघीय संसदलाई माग गरेजति नै बजेट दिनुपर्छः अध्यक्ष तिमिल्सिना

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५२
संघीय संसदलाई माग गरेजति नै बजेट दिनुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले संघीय संसदले बजेट पास गर्ने भएपनि संसदमै बजेट कम भएर आवश्यक कार्यक्रमहरु गर्न नसकिएको भन्दै आवश्यक बजेट दिनुपर्ने बताए । उनले संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर बजेट नपठाउन आग्रह गरे ।

उनले भने, ‘संघीय संसदले बजेट पास गर्छ । यसो हेर्दाखेरी बजेट संघीय संसदले पास गर्छ । अनि संघीय संसदमै बजेट कम भएर सप्ताहव्यापी कार्यक्रम पनि खुम्च्याउनुपर्छ । अध्यक्षले पनि यो भन्छ, अझ बिडम्बना त यहाँ हुन्छ । त्यसकारण यसका प्रक्रियागत हिसावले जब हामी शक्ति पृथकिरणको सिद्धान्तलाई आत्मसात् गरेर नै यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेका छौँ । त्यसमा विधि निर्माण गर्ने, बजेट पास गर्ने यो थलोको बजेट कुनै एउटा मन्त्रालयले तोकेर विभाग र शाखाको जस्तो बनाउनु हुन्न भन्ने कुरालाई ध्यान त दिनुप¥यो नि । यस हिसाबले आजसम्म जे भयो, भयो भोलिका दिनहरुमा संघीय संसदको बजेट संघीय संसदबाट हामीले प्रक्रियाले व्यवस्थापन र सञ्चालन समितिमा बसेर विभिन्न हाम्रा शाखा, महाशाखाहरुको समस्यालाई हेरेर बजेट गरेर त्यो पनि अस्वभाविक होइन । देशको अर्थतन्त्र हेरेर । तर संसदको अधिवेशनहरु, यसका समितिहरुलाई त चलाउनुप¥यो नि । विधेयकहरुलाई पास गरेर कानुन निर्माण गर्नुप¥यो । त्यसको न्युनतम लाग्ने खर्चहरुको व्यवस्थापनका लागि जे हामी प्रश्ताव गरेका हुन्छौँ, त्यो प्रश्तावमा संघीय संसदको लागि योजना आयोग र अर्थ मन्त्रालयले कुनै एउटा मन्त्रालय, विभाग र शाखालाई जस्तो सिलिङ तोकेर पठाउने होइन । संघीय संसदले प्रस्ताव गरे अनुसारको पास गर्नुपर्छ । त्यति ग¥यो भने यि सबै समस्याहरु, धेरै गुनासाहरु सुन्नुपर्ने स्थितिमा हुँदैन ।’

अध्यक्ष तिमिल्सिनाले संघीय संसदले अस्वभाविक रुपमा बजेट माग नगरेको स्पष्ट पार्दै संसदको अधिवेशन र समितिहरु चलाउनका लागि भने आवश्यक बजेट नघटाइ दिनुपर्ने बताए ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १५:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।