July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सीईओ पदका लागि खुल्यो विज्ञापन

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:५८
सीईओ पदका लागि खुल्यो विज्ञापन

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खुलेको छ । सीईओ पदका लागि दरखास्त दिने म्याद आजदेखि १५ दिनको समय छ ।

ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष हुने यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्दछ ।

साथै इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कम्तीमा दुई वर्षको कार्य अनुभवसहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ ।

त्यस्ता व्यक्ति ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको पनि हुनुपर्दछ । योग्यता पुगेका नेपाली नागरिकले दरखास्तसँगै आफ्नो बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना समेत बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले चार वर्षको हुन्छ ।

जलविद्युत आयोजनाहरु निर्माण गर्ने एकमात्र उद्देश्य राखेर विद्युत् उत्पादन कम्पनी लिमिटेड २०७३ मंसिर ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको थियो ।

यो कम्पनीमा २० प्रतिशत संस्थापक सेयर ऊर्जा मन्त्रालयको छ । विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०–१० प्रतिशत तथा अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको ५-५ प्रतिशत संस्थापक सेयर छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले ५ र राष्ट्रिय बीमा संस्थानले २ प्रतिशत सेयर लगानी गरेका छन् ।

कम्पनीमा २९ प्रतिशत सेयर नेपाली नागरिकको छ । जसमध्ये सर्वसाधारणलाई १७, आयोजना प्रभावित जिल्लाका बासिन्दालाई १० र अति विपन्न परिवारलाई २ प्रतिशत सेयर दिइएको छ ।

यसको सञ्चालक समितिमा ऊर्जा मन्त्रालयले मनोनयन गर्ने २ जना र अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट आलोपालो गरी १ जना, संस्थापक सेयरधनीहरु २ जना, सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना र जलविद्युत विशेषज्ञ तथा वित्त विशेषज्ञ गरी २ जना रहने व्यवस्था छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्