May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

‘लू’ बाट सतर्क हुनुपर्ने, जोखिममा रहेका जिल्लाहरु

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२0
‘लू’  बाट सतर्क हुनुपर्ने, जोखिममा रहेका जिल्लाहरु

काठमाडौं ।।

  • केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने
  • देशका विभिन्न जिल्ला ‘लू’को जोखिममा
  • तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
  • आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना
  • काठमाडौं उपत्यकाका तीनै जिल्ला ‘लू’को जोखिममा
  • तराईका पाँच जिल्ला -झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुर जोखिममा
  • तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, कपिलवस्तु, दाङ र बाँके पनि जोखिममै 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन ‘लू’ (तातो हावा) चल्न सक्ने भन्दै सतर्कताका लागि आग्रह गरेको छ । देशका विभिन्न जिल्लामा ‘लू’को जोखिममा रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम बढिरहेको छ । अधिकांश तराईका जिल्लाहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको महाशाखाले जनाएको छ। 
हाल तल्लो र उपल्लो वायुमण्डलको अध्ययन तथा विश्लेषण गर्दा अझै केही दिन वर्षाको सम्भावना नदेखिएका कारण तापक्रम बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बढ्ने क्रममा गर्मी, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना महाशाखाले ‘लू’को जोखिममा रहेका जिल्लाहरूलाई तत्काल ‘एक्सन’ लिनुपर्ने, तयारी अवस्थामा रहनुपर्ने, तापक्रमबारे अपडेट भइरहनुपर्ने र जोखिम नरहेका गरी चार वर्गमा विभाजित गरेको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लालाई ‘लू’को जोखिममा रहेका र तापक्रमबारे अपडेट भइरहनुपर्ने वर्गमा राखिएको छ । तराईका पाँच जिल्ला -झापा, मोरङ, बर्दिया, कैलाली र कञ्चनपुरलाई पनि यही वर्गमा राखिएको छ । यस्तै, तराईका सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (दुवै), रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेलाई तुरुन्तै एक्सन लिनुपर्ने जोखिममा रहेका जिल्लामा राखिएको छ ।

पहाडी जिल्लाहरू, उपत्यका र खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेकाले मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानबारे अपडेट रहिरहन महाशाखाले आग्रह गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।