May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:४६
काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै – काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ ।

आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे । एपीएफले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्याे । काेशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावल, साेनु खड्का र कप्तान सीता राना मगरले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ३९ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले नट आउट ५६ र सीता राना मगरले ४५ रन बनाइन् । बलिङतर्फ काेशीकी कप्तान रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

आज हारे पनि काेशीकाे फाइनल पुग्ने सम्भावना कायमै छ । अब काेशीले फाइनल प्रवेशका लागि कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भाेलि साेमवार खेल्नेछ । एलिमिनेटरमा अहिले बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् । फाइनल खेल आउँदाे बुधवार हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।