May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

केसीको चुनावी खर्च १८ लाख

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:३0
केसीको चुनावी खर्च १८ लाख

बागलुङ।सांसद चित्रबहादुर केसीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा गरेको खर्च विवरण आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हु। निर्वाचनमा केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च गरेको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।

केसीले मतदाता नामावली खरिद,छपाई र फोटोकपीमा ९० हजार,सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, प्रचारप्रसार सामग्रीमा २ लाख १० हजार,सामग्री ढुवानीमा २० हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको खर्च विवरणमा उल्लेख छ।

यस्तै, कार्यालय संचालनमा २ लाख, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार, विद्युतीय तथा छापा (प्रचारप्रसार) ४० हजार, सामाजिक सञ्जाल १० हजार र विविध खर्च १ लाख ३४ हजार रुपैयाँ देखाइको छ । निर्वाचन प्रतिनिधि सुवेदीले निर्वाचन ऐन २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका २०७९ को दफा ८० को उपदफा २ र ३ तथा निर्वाचन आयोगद्वारा स्विकृत निर्वाचन आचार संहिता बमोजिम केसीको निर्वाचन खर्च विवरण निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको बताए ।

उनले निर्वाचन आयोगले बैशाख १२ गतेसम्म निर्वाचन खर्च विवरण पत्रकार सम्मेलन वा स्थानीय तहका कार्यालयमा सार्वजनिक गरिनुपर्ने जनाएकोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको बताए । निर्वाचन प्रतिनिधि सुवेदीले पार्टी कमिटी र विदेश र स्वदेशमा रहेका पार्टीका कार्यकर्ताबाट सहयोग संकलन र केसीको परिवारको सहयोगबाट निर्वाचन खर्च व्यवस्थापन गरिएको बताए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।