May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:४६
नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते

बर्दिबास । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।

सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाउनुभयो । स्थिति शान्तिपूर्ण नभएपछि सशस्त्रले चार राउण्ड हवाई फायर गरेको उहाँले बताउनुभयो ।

घटना थप उग्र बन्दै गएपछि प्रहरीले थप पाँच राउण्ड हवाई फायर गरेको गौशालास्थित इलाका प्रहरीका प्रहरी निरीक्षक मनोज यादवले जनाउनुभयो । प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शंकर थापा र मनोज यादव घाइते हुनुभएको छ । सशस्त्र र नेपाल प्रहरीका गरी आठ जना सुरक्षाकर्मी घाइते भएको उहाँले बताउनुभयो ।

झडपमा प्रदर्शनकारीतर्फका पनि दुई तीन जना सामान्य घाइते भएको जनाइएको छ। प्रत्यक्षदर्शीकाअनुसार प्रदर्शनकारीको उग्र भीडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासु, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका थिए ।

सोही विषयलाई लिएर गाउँका अधिकाशं महिलाले माईस्थान गौशाला सडमा टायर बालेर सोमबार अपराह्नदेखि विरोध प्रर्दशन सुरु गरेका थिए ।

‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउदै करिब तीन सयजति गाउँलेले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।

घटनास्थलबाट प्रत्यक्षदर्शीले जनाएअनुसार प्रदर्शनकारीले साहको घरमा तोडफोड गर्न लागेपछि सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रण लिएको थियो । प्रदर्शनका कारण माईस्थान गौशाला समसी सडक केहीबेर अवरुद्ध भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।