May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ

भूकम्प प्रभावितलाई निःशुल्क बस सेवा सञ्चालन

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:३६
भूकम्प प्रभावितलाई निःशुल्क बस सेवा सञ्चालन
  • निःशुल्क बस सेवा सञ्चालन
  • नयाँ बसपार्कबाट बिहान र दिउँसो छुट्ने
  • फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह

काठमाडौं ।।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका नागरिकका निम्ति निःशुल्क बस सेवा सञ्चालन गरेको छ । काठमाडौंमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकलाई आफ्नो घर जान सहज होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेलामा काठमाडौंबाट जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई सहज सेवा प्रदान गर्न निःशुल्क बसको व्यवस्था गरिएको बताए ।

जाजरकोट जाने बस काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताए । कम्पनीले दुःखद अवस्थामा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रीले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौं -९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०, मुग्लिन – ९८४५४७२३८४, दमौली – ९८५६०८९१८० र ९८५६०३६६६४ र पोखरा – ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।