April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:२८
उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार
अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए । उनले युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे । ‘उपनिर्वाचनको
मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाता
र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ ।’

नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए । उनले हारको दोष एक जनामाथि थोपरेर अरू उम्किने अवस्था नरहेको उल्लेख गरे ।
उनले भने, ‘हारको जिम्मेवारी सबैले लिनुपर्छ ।’ नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको प्रस्ट पारे ।

त्यस्तै फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताए । कोइरालाले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘संसदीय
दलको मिटिङमा अर्थमन्त्रीको कुरा सुन्दा देशको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,’ उनले थपे, ‘तर पनि उहाँले सुधारका लागि सबै किसिमका उपायहरू लगाइरहनु भएको छ ।’ नेता
कोइरालाले आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा अहिले नै नगएको प्रस्ट पारे । तर बेलैमा बुद्धि पुर्‍याएर अर्थतन्त्र सुधारका लागि लाग्नु जरुरी रहेको उनले औँल्याए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।