April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

नापी कार्यालयका प्रमुख मिश्रलाई सेवाग्राहीले अफिसमै दिए पिटाई

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १३:१७
नापी कार्यालयका  प्रमुख मिश्रलाई सेवाग्राहीले अफिसमै दिए पिटाई

जनकपुरधाम । नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुमनकिशोर मिश्र सेवाग्राहीसंग कुटिएका छन् ।

मंगलबार कार्यालय पुगेका सेवाग्राहीहरुको काममा बिना मतलब ढिलासुस्ती गरेको भन्दै आक्रोशित सेवाग्राहीहरुले कुटपिट गरेको एक पीडित कर्मचारीले नाम नखुलाउने शर्तमा जनाए ।

कागज पत्र दुरुस्त रहँदा पनि काम किन नगरिदिएको भन्दै एक सेवाग्राहीले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका प्रमुख मिश्र र कर्मचारी दिलीप साहमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

‘लटु यादव नामको व्यक्तिको नेतृत्वमा आएको व्यक्तिहरुले हामीमाथि हातपात गरे ’ प्रमुख मिश्रले भने, अचानक आएर दुई तीन झापड मलाई नै हाने ।’,उनले भने ‘हामी काममा व्यस्त थियौँ लटु यादवलगायतका केही व्यक्तिहरु कार्यालयमा पसे र भरिएको पानीको बोतलले प्रहार गर्नुका साथै थप्पड पनि हिर्काए ।’

नापीका कार्यालय प्रमुख मिश्रकाअनुसार त्यहाँका कर्मचारीद्वय दिलीप साह र प्रदीप साहमाथि पनि हातपात गरिएको छ । मिश्रले भने,‘लटु यादवले आफ्नो ससुराको जग्गाको पूर्जा बनाइ दिनका लागि आग्रह गरेका थिए । मैले बिना सरजमिनको कुनै काम नगर्ने भनेपछि त्यसको भोलिपल्ट कार्यालय भित्र गुण्डाशैलीमा पसेर म समेत कर्मचारीमाथि हातपात गरे ।’

फिल्डबुकमा लटु यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहे पनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सर्जमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी प्रमुख मिश्रले बताए ।

आफूहरु हातपात गर्नेमाथि सार्वजनिक अपराधको मुद्दा दिने तयारी गरेको कार्यालयका प्रमुख मिश्रले जनाए । तर लटु यादवले आफूसित कार्यालय प्रमुखलगायत कुनै कर्मचारीको सामान्य विवादसमेत नभएको बताएका छन् ।‘कार्यालयमा जडान गरिएको सीसीटीभीको फुटेज र त्यहाँ रहेका सेवाग्राहीहरु पनि साक्षी छन् ’ उनले भने, अनावश्यक रुपमा कसैमाथि आरोप लगाउन कार्यालय प्रमुखलाई सुहाउँदैन् ।

अदालतको फैसला र जग्गा प्रमाणित गर्ने अनेकौ निस्साहरु हुँदा पनि कार्यालयको अभिलेख दुरुस्त नरहेको नाममा अनावश्यक दुख दिइरहेको पीडित सेवाग्राहीले जनाए ।

यता कुनै पनि काम गर्नका लागि प्रमुखले अवैध रकम माग्ने गरेकोले आक्रोशित भएर सेवाग्राहीले कुटेको नाम नखुलाउने शर्तमा एकजना कर्मचारीले बताए । कार्यालय प्रमुखमा मिश्र आएदेखि नै यस्ता विवाद दिनदिनै हुने गरेको ती कर्मचारी स्रोतले जनाएका छन् ।

मिश्रको कार्य गर्ने शैलीले सेवाग्राहीहरु आजित बनेका छन् । बिना घुस नापी कार्यालयमा कुनै पनि काम अगाडि नबढ्ने वातावरण बनेपछि सेवाग्राहीहरु आक्रोशित हुने गरेका छन् । एक दिनमै हुने काममासमेत अनावश्यक कयौं दिन लगाउने र घुस नदिनेको कामै नहुने गरेको बताइन्छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट