sweet bonanza
May 16, 2026 | शनिबार, जेष्ठ ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १५:५८
सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

अहमदावाद । भारतीय काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ।

उक्त अदालतले मानहानी मुद्दामा उहाँलाई दोषी ठहर गर्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो।

सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको याचना गर्न निवेदन दर्ता गरिएको छ। नेता गान्धीका वकिल पङ्कज चम्पानेरीले उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी दिँदै त्यससम्बन्धमा थप विवरण प्रदान गर्न अस्वीकार गरेका छन्।

सन् २०१९ मा कर्नाटक राज्यमा भएको चुनावी सभामा नेता गान्धीले मोथी थरलाई लिएर गर्नुभएको टिप्पणीले आफूहरूको अपमान भएको जिकिर गर्दै भारतीय जनता पार्टी ९भाजपा० का सांसद पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानी मुद्दा दायर गर्नुभएको थियो।

नेता गान्धीले राजनीतिक कार्यक्रममा भाषण गर्दा मोदी थरबारे आफूले गरेको टिप्पणी अपमानजनक नभएको र त्यसलाई असान्दर्भिक रुपमा उचालेर मुद्दा दायर गरिएको तर्क गर्दै आउनुभएको छ।

मानहानी मुद्दामा सुरत अदालतबाट दोषी ठहर भएपछि उहाँको लोकसभा सदस्य पद खारेज भएको छ। उच्च अदालतले पनि तल्लो न्यायलयको फैसलालाई सदर गरेमा गान्धी आगामी आठ वर्षसम्म संसद् सदस्यको उम्मेदवार बन्नबाट वञ्चित हुनुहुनेछ। (रासस/पिटिआई)

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid