sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

द्रुत बस उद्घाटन आज, सेवा भोलिदेखि

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:१६
द्रुत बस उद्घाटन आज, सेवा भोलिदेखि

सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज (बुधबार)देखि उपत्यकामा बस र्‍यापिड ट्रान्जिट (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गर्दै छ । रत्नपार्कस्थित शान्तिवाटिकाबाट बिहान ९:३० बजे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बसको उद्घाटन गर्नेछन् ।

पहिलो दिन दुईवटा बस शान्तिवाटिकाबाट सूर्यविनायकसम्म सञ्चालन हुने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए । उनका अनुसार बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिन्छ । बस सञ्चालनका लागि ‘लेन मार्किङ’ र अन्य तयारी पूरा भइसकेको छ । तर, बिहीबारदेखि भने दैनिक २५ वटा बस यस नियमअनुसार सञ्चालन हुनेछन् ।

गत सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायत निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका थिए । सोहीअनुसार यातायात व्यवस्था विभाग, सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सेवा सञ्चालन गर्न थालेका हुन् ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ । ती स्टपमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा नयाँ बस उपलब्ध गराउनेबारे सम्झौता भइसकेको प्रवक्ता पनेरूको भनाइ छ । बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ । सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइनेछ ।

विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार तिनकुने–माइतीघर क्षेत्रमा सर्भिस लेनको देब्रे साइट, कोटेश्वर चोकआसपासमा मुख्य लेनको देब्रे साइट, कोटेश्वरदेखि जडीबुटीसम्म सर्भिस लेनको देब्रे साइट, जडीबुटीदेखि सूर्यविनायकसम्म मुख्य लेनको देब्रे साइट र माइतीघर–रत्नपार्क क्षेत्रमा मुख्य लेनको देब्रे साइटबाट द्रुत बस गुड्नेछन् । द्रुत बस जहाँ पायो त्यही रोकिनेछैन । यो बस अन्य सार्वजनिक सवारीसाधनका लागि बनाइएका सबै स्टपमा पनि रोकिँदैन ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid