May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लैङ्गिक हिंसाको शिकार हुँदै महिला

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0२
लैङ्गिक हिंसाको शिकार हुँदै महिला

तानसेन  । लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानससेनमा आयोजीत कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताएका हुन् ।

महिला भएकैकारण विभेद गर्ने हिसाबले अघि बढेको र राज्यले यसलाई गम्भीर रुपले नहेर्दा महिलाले धेरै हिंसामा पर्नेगरेको तानसेन नगरपालकिाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला दिनमा पुरुषको उन्माद झन बढ्दो छ, मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन् असभ्य र हिंस्रक बन्दैगएको छ ।”

‘समयजस्तै प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झन् अमानवीय र क्रूर बढ्दैगएको छ, प्रेमको बहानामा शरीरमा तेजाब हालिदिनेसम्मको निकृष्ट घटना समाजमा भइरहेको छ’ सिंजालीले भन्नुभयो ।

यस्तै, प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले महिलामाथि हुने हिंसा लैङ्गिक समानता हासिल गर्ने बाटोको तगारो, दिगो विकासको बाधक बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला हिंसाका कारण महिला र बालिकाको समुन्नत जीवन जिउन पाइरहेका छैनन् । हिंसा प्रभावितको स्वास्थ्य, भावना, मनोविज्ञान, शारीरिक सुरक्षा र आत्मसम्मानमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।”

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्मा, जिल्ला समन्वय समीतिका प्रमुख टंकनाथ खनाल, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका ज्ञवाली, जिल्ला अस्पताल पाल्पाका अध्यक्ष गुँरास आत्रेय, पत्रकार मिलन बिक, युवा नेता सुशासन सिंह डाँगी, रिब्दिकोट गाउँपालिका –२ का सदस्य गीता पाण्डेले महिलाविरुद्ध हुने हिंसाले महिलाको व्यक्तित्व विकास र प्रगतिको बाधक बनिरहेको बताउनुभयो ।

परिवार र सिङ्गो समुदायको सामाजिक, आर्थिक र राजनीतिक विकासमा पूर्ण योगदान दिनबाट रोक्ने र यस्ता हिंसाले सामाजिक विभाजनको मुद्दालाई प्रोत्साहन गर्नुका अतिरिक्त शान्ति, विकास र समुन्नतिमा बाधा सिर्जना गर्ने बताउनुभयो ।

बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि हिंसामा पर्छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट