May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

शीर्ष नेताहरुबीच संसदको अवरोध हटाउन छलफल

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १२:५८
शीर्ष नेताहरुबीच संसदको अवरोध हटाउन छलफल
  • संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटे
  • उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध
  • प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी

काठमाडौं ।।

संसदको अवरोध हटाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभामुख देवराज घिमिरेहको पहलमा उनकै कार्यकक्षमा शीर्ष नेताको छलफल सुरु भएको हो । संसदको अवरोध हटाउनुका साथै संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफल गराएका हुन् ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख सचेतक र सचेतकहरु छलफलमा सहभागी भएका छन् ।

आइतबार सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । त्यसक्रममा शीर्ष तहमै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज शीर्ष नेताहरूबीच बैठक भएको हो । आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १२:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।