May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

राष्ट्रपतिको छातीबाट निकालियो १२५ एमएल पानी

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0६
राष्ट्रपतिको छातीबाट निकालियो १२५ एमएल पानी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा जमेको पानी निकालिएको छ। भारत नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत पौडेलको छातीको बायाँ भागबाट दोस्रो पटक पानी निकालिएको हो।

मंगलबार साँझ  १ सय २५ एमएल पानी निकालिएको उपचारका संलग्न चिकित्सकलाई उद्धृत गर्दै भ्रमणदलका सदस्यले बताए। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न
चिकित्सकले जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

यसअघि जमेको पानी सुकाउन एन्टिबायोटिक चलाइएको थियो। एन्टीबायोटिकले नसुकेपछि पानी निकालिएको हो। अब बाँकी रहेको पानी औषधिले सुकाउनेमा चिकित्सकहरू आशावादी छन्।

यस हप्ताको अन्तिमतिर उनी अस्पतालबाट डिस्चार्ज हुने जानकारी प्राप्त भएको छ । हाल पौडेललाई औषधिका कारण भएका कमजोरीबाहेक अवस्था सामान्य हुँदै गएको बताइएको छ।

उनी सामान्य हिँडडुल गर्ने, कुराकानी गर्ने र खाना खाने नियमित गतिविधि गरिरहेको स्रोतले बतायो । छातीमा संक्रमण भएपछि पौडेललाई एक हप्ता अघि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् भारत लगेर उपचार थालिएको हो।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले दिएको सल्लाहअनुसार थप उपचारका लागि पौडेललाई भारत लगिएको हो।

राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र अन्य ७ जना चिकित्सकको टोली छ।

डाइबेटिज र ग्यास्ट्रोसम्बन्धी समस्या तथा छातीमा संक्रमण भएपछि उनलाई भारत लैजानुअघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
शिक्षण अस्पतालमा हुँदा पनि पौडेलको छातीमा जमेको पानी निकालिएको थियो।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट