April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बैतडीमा जिल्ला प्रशासनले सार्वजनिक बिदाको दिन पनि सेवा दिने

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १0:५४
बैतडीमा जिल्ला प्रशासनले सार्वजनिक बिदाको दिन पनि सेवा दिने

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले  सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। प्रशासन कार्यालयले  शनिबारबाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ।

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

२०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ।

यसअघि  जिल्ला प्रशासन कार्यालयमा  छिटोछरितो सेवा प्रदान गर्न भन्दै ‘टाइम कार्ड’  लागू भएको छ । प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार सेवाग्राहीलाई एक घण्टाभित्रै सेवा प्रदान गर्नका लागि ‘टाइम कार्ड’ लागू गरिएको हो ।

सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीका बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परीक्षण हाललाई  पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यसका साथै जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलोपटक विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ।  सेवाग्राहीलाई सेवा लिन सहज होस भनेर विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो।

प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज रूपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने कार्य शुरु भएको जनाएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट