May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

वनमन्त्री महतो : जडीबुटी उत्पादनलाई विदेश निर्यातको लागी जोड दिन्छु

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १३:४२
वनमन्त्री महतो : जडीबुटी उत्पादनलाई विदेश निर्यातको लागी जोड दिन्छु

काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिइ विदेश निर्यातका लागि सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ‘जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भुमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ ।’

उनले कुहिए जाने काठहरुलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए। उनले नेपालमा कुहिएर जाने काठहरुको कानून अनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्नसक्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

‘दोस्रो २०औं वर्षदेखि जुन काठहरु कुहिएर त्यसलाई व्यवस्थित गरेर नेपाल सरकारको नियम कानून अनुसार त्यसलाई हामीले एक्सपोर्ट गर्नसक्यौँ भने वा स्वदेशमा नै खपत गर्नसक्यौँ भने सहजीकरण गरेर कुह्न नदिएर बचाउने हो।’ उनले भने ।

उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्नेकुरामा आफ्नो ध्यान रहने बताए।

‘तेस्रो हाइड्रोपावरको जुन इस्युहरु आइरहेको छ, वर्षौंदेखिका फाइलहरु वन मन्त्रालयबाट फरवार्ड हुन सकिरहेको छैन । त्यसलाई हामीले सहजीकरण गरेर हाइड्रोपावरलाई प्रोत्साहन गर्नेछु।’ उनले भने ।

वन तथा वातावरण मन्त्रालय मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरुलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाए । उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘आर्थिक संकट विद्यमान छन्, त्यसलाई जस्तो यो जडिबुटीहरु थुप्रो संख्यामा उत्पादन गर्नसक्छौँ, त्यसलाई प्रोत्साहन गरी विदेशी पैसा भित्र्याउने । वातावरणमा असर पर्ने उद्योगहरु छन्, त्यसलाई सशर्त रुपमा निगरानी गरी वातावरणमा असर नपर्ने गरी प्रयोगमा ल्याउने हो।’

‘म मन्त्रालयमा रहुन्जेल, भ्रष्टाचारमा शुन्य सहनशीलता कुनै किसिमको लोभ प्रलोभनमा काम गर्दिन। देश र जनताको हितमा काम गर्नेछु।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?