April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

बागमती प्रदेश खेलकुद प्रतिस्पर्धा हुदै

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १२:५९
बागमती प्रदेश खेलकुद प्रतिस्पर्धा हुदै

काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदको आयोजना दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

अन्य प्रदेशका खेलकुद निकायको तुलना अग्रणी देखिएको बागमतीले अघिल्लो संस्करणको तुलनामा ५ खेल थपेको हो । नवनिर्मित पिप्ले क्याम्पा रंगशालामा प्रदेश मुख्यमन्त्री शालीकराम जमकट्टेलले आइतबार साँझ प्रतियोगिताको उद्घाटन गर्नेछन् ।

बागमती प्रदेशले प्राथमिकतामा राखेका ९ तथा गत वर्ष असोज-कात्तिकमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश टिमले हासिल गरेको सफलताका आधारमा खेलको प्रतिस्पर्धा थपिएको बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले  बताए।

फुटबल, रग्वी, तेक्वान्दो, कराते, आईटीएफ तेक्वान्दो, बक्सिङ, ब्याडमिन्टन, एथलेटिक्स, भलिबल, क्रिकेट, जुडो, उसु र क्रिकेट समावेश गरिएको छ । प्रतियोगितामा २१९ स्वर्ण, २१९ रजत र ३५६ कांस्य गरी ७९४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमती प्रदेश खेलकुद परिषदका निमित्त कार्यालय प्रमुख देवनारायण चौधरीका अनुसार यो संस्करणमा १४ सय २७ पुरुष र १०७५ महिला गरी २५०२ खेलाडीको सहभागिता रहनेछ । प्रदेश सरकारबाट विनयोजित ९ करोड ३२ लाख बजेटमा यो प्रतियोगिता आयोजना हुँदैछ ।

एक दुई खेलबाहेक सबैमा प्रदेशका १३ वटै जिल्लाका टिमको सहभागिता रहेको उनले जानकारी दिए । अफिसियल, उपसमिति सदस्य र ६०० स्वयमसेवकसमेत गरी यो प्रतियोगितामा ५ हजारबढीको सहभागिता रहनेछ ।

‘स्थानीय तहलाई जागरुक गराउने, प्रदेश चलायमान बनाउने र केन्द्रीय स्तरमा खेलाडी आपूर्ति गर्ने नीतिअनुसार नै कार्यक्रमहरु सन्चालन गरिरहेका छौं,’ उनले थपे ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट