May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत छ : उपप्रधानमन्त्री श्रेष्ठ

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १७:१२
नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत छ : उपप्रधानमन्त्री श्रेष्ठ

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकताको विषयमा देश विभाजित नहोस् भन्नेमा सरकार सचेत रहेको बताएका छन् ।

जनकपुरधाममा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा सबै एकताबद्ध भएर सहमति कायम गर्न सके राम्रो हुने बताए । उनले नागरिकताको विषयमा राष्ट्रिय सहमतिका निम्ति विभिन्न राजनीतिक पार्टी र सरोकारवालाहरूसँग सरकार छलफलको प्रक्रियामा रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिको नाउँमा नागरिकता पाउनुपर्नेलाई थप पीडामा नराखी विधेयकको प्रक्रिया अगाडि बढाउनेमा विश्वास व्यक्त गरे ।

‘थोरै समयमा सहमतिको प्रयत्न गर्ने र त्यसो हुन नसके नागरिकता पाउनुपर्नेहरुको हक सुनिश्चित गर्ने गरी विधेयकको प्रकृया अगाडि बढाइनेछ,’ उनले भने, ‘सरकारले यसलाई दायित्वको रुपमा लिएको छ ।’

यसअघि पनि नागरिकता पाउनुपर्नेहरुलाई नागरिकता दिलाउन दुवै सदनबाट दुई पटक नागरिकता सम्बन्धी विधेयक पारित भइसकेकोमा विविध कारणले राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको भन्दै उनले अब त्यसलाई थाँती राखेर सरकार बस्न नसक्ने प्रस्ट पारे ।
‘सरकारले नागरिकता पाउनुपर्नेहरुलाई थप पीडामा राख्न सक्दैन,’ गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसका निम्ति सरकारले कानुनी व्यवस्था छिट्टै मिलाउँछ ।’

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट