sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाका किसानहरु मौरी चराउन जाँदा मौरीकै टोकाइबाट एकको मृत्यु, चार जना घाइते

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ 0९:३७
झापाका किसानहरु मौरी चराउन जाँदा मौरीकै टोकाइबाट एकको मृत्यु, चार जना घाइते

झापा शिवसताक्षी नगरपालिकाका मौरीपालक किसानहरु मौरी चराउन मोरङ जाँदा मौरीको टोकाइबाट एकजनाको मृत्यु भएको छ ।
मोरङको कानेपोखरी–५ स्थित भौंसाबारी चोकमा मौरीको टोकाइबाट पूर्व शिक्षक ८४ बर्षीय टिकाराम भट्टको मृत्यु भएको हो भने अन्य चार जना घाइते भएका छन् ।
कानेपोखरी वडा नं–५ निवासी भट्ट बयरवन बजारस्थित जनता आधारभूत विद्यालयका पूर्वशिक्षक थिए । भौसाबारी चोकमा चिया पिउन निस्कदा भट्टलाई मौरीले टोकेपछि सख्त घाइते भएका थिए । भट्टको वडा नं–६स्थित रमाइलो चोकमा रहेको २४ घण्टे क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

मृतक भट्टसँगै मौरीले टोकेर घाइते भएका भौसाबारी चोकका २५ वर्षीय भुखलाल ऋषिदेव, २० बर्षीय जेनिसा राजवंशी, ६८ बर्षीय झवर यादव र ३९ बर्षीय मानबहादुर सुनुवार रमाइलो चोकका क्लिनिकमा उपचारपछि घर फर्किएको पथरी प्रहरीले जनाएको छ ।

मौरीपालक किसानहरु शिवसताक्षी नगरपालिका–९ का ओमदेव बस्नेत र पशुपति अधिकारी मौरी चराउन मोरङ गएका थिए ।मौरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई चिलेका थिए । मौरीपालक बस्नेत र अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी छोडेको गौतमले बताए । तोरीको सिजनमा व्यवसायिक रुपमा मौरीपालन गर्ने शिवसताक्षीका किसानहरु मौरी चराउन मोरङ जाने गरेका छन् । मोरङको कानेपोखरी क्षेत्रमा अत्यधिक रुपमा तोरी खेती हुने गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid