December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

झापाका किसानहरु मौरी चराउन जाँदा मौरीकै टोकाइबाट एकको मृत्यु, चार जना घाइते

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ 0९:३७
झापाका किसानहरु मौरी चराउन जाँदा मौरीकै टोकाइबाट एकको मृत्यु, चार जना घाइते

झापा शिवसताक्षी नगरपालिकाका मौरीपालक किसानहरु मौरी चराउन मोरङ जाँदा मौरीको टोकाइबाट एकजनाको मृत्यु भएको छ ।
मोरङको कानेपोखरी–५ स्थित भौंसाबारी चोकमा मौरीको टोकाइबाट पूर्व शिक्षक ८४ बर्षीय टिकाराम भट्टको मृत्यु भएको हो भने अन्य चार जना घाइते भएका छन् ।
कानेपोखरी वडा नं–५ निवासी भट्ट बयरवन बजारस्थित जनता आधारभूत विद्यालयका पूर्वशिक्षक थिए । भौसाबारी चोकमा चिया पिउन निस्कदा भट्टलाई मौरीले टोकेपछि सख्त घाइते भएका थिए । भट्टको वडा नं–६स्थित रमाइलो चोकमा रहेको २४ घण्टे क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

मृतक भट्टसँगै मौरीले टोकेर घाइते भएका भौसाबारी चोकका २५ वर्षीय भुखलाल ऋषिदेव, २० बर्षीय जेनिसा राजवंशी, ६८ बर्षीय झवर यादव र ३९ बर्षीय मानबहादुर सुनुवार रमाइलो चोकका क्लिनिकमा उपचारपछि घर फर्किएको पथरी प्रहरीले जनाएको छ ।

मौरीपालक किसानहरु शिवसताक्षी नगरपालिका–९ का ओमदेव बस्नेत र पशुपति अधिकारी मौरी चराउन मोरङ गएका थिए ।मौरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई चिलेका थिए । मौरीपालक बस्नेत र अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी छोडेको गौतमले बताए । तोरीको सिजनमा व्यवसायिक रुपमा मौरीपालन गर्ने शिवसताक्षीका किसानहरु मौरी चराउन मोरङ जाने गरेका छन् । मोरङको कानेपोखरी क्षेत्रमा अत्यधिक रुपमा तोरी खेती हुने गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ 0९:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।