sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १0:२९
पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ

काठमाडौँ : पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले नेकपा (एमाले) नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो ।

उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । काठमाडौँ प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले यस विषयमा अरू तीन जनालाई पक्राउ गरिसकेको छ ।

सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जानभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए । उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १0:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid