May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ?

तुफानले उडाएर बेपत्ता बनाउंदा पनि ४ महिने शिशु जिवितै भेटियो

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १५:२३
तुफानले उडाएर बेपत्ता बनाउंदा पनि ४ महिने शिशु जिवितै भेटियो
  • टेनेसी प्रान्तमा आएको तुफानले बच्चा उडायो
  • चारमहिने शिशु गाएब भएपछि
  • सबैतिर खोजिगर्दा रुखमा सुरक्षित भेटियो 

काठमाडौं ।।

अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् ।बीबीसीका अनुसार ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो । उनीहरुको मोबाइल घर (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने सानो घर) लाई पनि तहसनहस पारेको थियो । त्यतिबेला पानी पनि परिरहेको थियो ।

बच्चाकी आमाले घटना सम्झिँदै भनेकी छन्, ‘बच्चा कोक्रोमा सुतिरहेको थियो । बच्चालाई जोगाउन उसको बुवाले कोक्रो समातेर राखेका थिए । भुमरीले गोलो गरेर घुमाउन थाल्यो र उनीहरुलाई जमिनमा बजार्यो ।’ मैले हाम्रो अर्को एक वर्षको छोरो प्रिन्स्टनलाई समातेकी थिएँ । मेरो मनले भन्यो दौडिएर बच्चालाई ढाक । म उसको माथि झुकेर ढाकें । त्यहीबेला घरको छत खस्यो । म त्यसमा दबिएँ । मलाई श्वास फेर्न गाह्रो भइरहेको थियो ।’

तुफान रोकिएपछि उनीहरु घरको भग्नावशेषबाट बाहिर निस्किए । तर चार महिने शिशु थिएनन् । उनीहरुले आफ्नो शिशुलाई खोज्न थाले । त्यतिबेला पानी परिरहेको थियो । तर बच्चा सकुशल भेटिए । शक्तिशाली तुफानले उडाउँदा पनि ‘ईश्वरको कृपा’ले चारमहिने बच्चा सकुशल फेला परेको उनका आमा-बुबाले बताएका छन् ।

‘बच्चा जिउँदो देख्न पाउँदैन कि भनेर मलाई डर लागिरहेको थियो । तर ईश्वरको दयाले उनी जीवितै फेला परे,’ मुरले भनेकी छन् । तुफानमा परेर एक वर्षको अर्को एक छोरा सामान्य घाइते छन् । मुरका श्रीमानको हात भाँचिएको छ ।

अहिले मुरकी बहिनी केटलिनले उनीहरुका लागि ‘गो फण्ड मी’ बाट सहयोग जुटाउन अभियान सुरु गरेकी छन् । गो फण्ड मीले लेखेको छ, चार महिने शिशु लर्ड यस्तो अवस्थामा भेटियो मानौं ईश्वरले नै रुखमा सुरक्षित तरिकालाई बसाइदिएका थिए र देवदूतले त्यहाँसम्म पुर्याएका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।