May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १६:३७
रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने
  • रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई हिरासतमा राख्ने 
  • लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटद्वारा खोया प्रहार 
  • मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्न्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप

पोखरा ।। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको बताएका छन् । कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार रानाभाटले आफू सूर्यदर्शन सहकारीको बचतकर्ता नरहेको पनि बताएका छन् ।

रविले शनिबार कार्यक्रममा नै उनलाई पक्राउ नगर्न र छाड्न आग्रह गरेका थिए । उनले भनेका थिए, “पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नू, मगमग बसाउने फूलको थुंगा दिएर घर पठाइदिनू ।” तर, प्रहरीले उनलाई समय लिएर अनुसन्धान गर्न लागेको हो । खोया फालिसकेपछि सन्तोषमाथि रास्वपाकै कार्यकर्ताले प्रहरीकै अगाडि कुटपिटसमेत गरेका थिए ।

उजुरी नपरे पनि घटनाको कारणबारे प्रहरीले अनुसन्धान गर्न लागेको हो । रास्वपाले पनि एक विज्ञप्ति जारी गर्दै पोखरा घटनाबारे प्रतिक्रिया जनाएको छ । प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेलाई प्रहार गरे भन्ने खुलेको छैन । यसबारे न प्रहरीले प्रहारकर्तालाई उद्धृत गर्दै सार्वजनिक जानकारी दिएको छ, न प्रहारकर्ताले नै कारण खुलाएका छन् ।” तर, केही मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्न्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।