March 29, 2024 | शुक्रबार, चैत्र १६, २०८०
सुचनाहरु
कानुनभन्दा माथि कसैले काम गर्न दबाब दिए मलाई भन्नुस् : गृहमन्त्री लामिछाने चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्छ : प्रधानमन्त्री प्रचण्ड सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोशाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी अब सेवाको टोकन जारी भएकै लिन श्रम स्वीकृति दिइने , तिन सिफ्टमा सेवा सुचारु मिटरव्याज पिडीतमा विपन्न महिलाको ऋण मिनाह गर्ने मन्त्री चौधरीको भनाई पधेरीमा नुहाउन जादा हत्या भएकी युवतीको हत्या आरोपीत सार्वजनिक निर्माण व्यवसायीले सम्झौताअनुरूप गुणस्तरको काम नगरेको प्रधानमन्त्रीको भनाई बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने कपनबाट चक्कु र पेस्तोलसहित एक जना पक्राउ पशुपति क्षेत्रमा सवारी साधन चलाउन र शव गाड्न निशेद गर्न सर्वाेच्चको आदेश उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त नेपाल एले टस जितेर फिल्डिङ गर्दै फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई एसइइ चलिरहेको समयमा पटकपटक अनुगमनमा नजान राष्ट्रिय परिक्षा बोर्डको निर्देशन कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन घोषणा भएका पुरस्कार खेलाडीले छिट्टै पाउँछन् : खेलकुदमन्त्री श्रेष्ठ दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु दोहा उडेको जहाज प्राविधिक समस्यापछि काठमाडौं फर्काइयो गाजामा अवरोधविना राहत र चिकित्सा सामग्री लैजान दिन इजरायललाई आईसीजेको आदेश

प्रहरी: इन्द्रजित राईले ५ करोड भन्दा बढी लिएको

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १0:५६
प्रहरी: इन्द्रजित राईले ५ करोड भन्दा बढी लिएको

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । ‘विभिन्न स्थानमा पटक–पटक गरेर रकम बुझेको खुलेको छ, उनले तत्कालीन गृहसचिव र गृहमन्त्रीसम्म मिलाउने भनेका छन्’, प्रहरी स्रोत भन्यो, ‘अन्य व्यक्तिको संलग्नताबारे उहाँको बयानपछि र थप अनुसन्धानपछि स्पष्ट होला ।’
बादल २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । प्रहरीका अनुसार दुलाल र भण्डारीको पूर्वगृहमन्त्री बादलका सल्लाहकार राईसँग सम्बन्ध थियो । राई मंगलबार बिहान ललितपुरबाट पक्राउ परेका छन् ।
‘दुई जनाले राईमार्फत भुटानी शरणार्थी सम्बन्धी गोप्य दस्तावेज र विवरण समेत पहिल्यै हात पारेको पाइएको छ’, प्रहरी स्रोत भन्छ, ‘यसमा संलग्न थप केही व्यक्तिको पनि खोजी भइरहेको छ ।’

सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ वैशाखमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै यो गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । कार्यदलको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन ।

अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो ।

अधिकृतहरुका अनुसार त्यसबेला गिरोहले तत्कालीन गृहसचिव प्रेमकुमार राई, पछि महेश्वर न्यौपाने लगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम असुली गरेको थियो । त्यसबारे अनुसन्धान जारी रहेको प्रहरी स्रोत बताउँछ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट