July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सरकारमा को जाने छिट्टै निर्णय गर्छौं : उपेन्द्र यादव

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १४:५८
सरकारमा को जाने छिट्टै निर्णय गर्छौं : उपेन्द्र यादव

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका छन् । अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उनले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताए ।

आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले भने, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई हित गर्दैन ।’

अध्यक्ष यादवले पार्टीको तर्फबाट सरकारमा को जाने भनेर छिट्टै निर्णय गर्ने पनि बताए । सरकारमा आफैं जाने कि अरुलाई पठाउने भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने, ‘सरकारमा जान बाँकी मन्त्रीहरु चाँडै फुलफिल हुन्छ । को जाने भनेर पार्टीले निर्णय गर्छ ।’

रास्वपालाई पुरानै मन्त्रालय दिने तयारीबारे राखिएको जिज्ञासामा उनले राजनीतिक स्थीरताका लागि वृहत्तर सहमति हुनुपर्ने बताए । ‘म त चाहान्छु अझ वृहत्तर सहमति हुनुपर्छ। अझ राष्ट्रिय सहमति बनोस् । यदि भएन भने दुर्भाग्यपूर्ण हुन्छ,’ उनले भने।

यादवले अगाडि भने, ‘अस्थीरता रह्यो भने देशको आर्थिक विकासमा असर पर्छ, सिस्टममाथि असर पर्छ र जनतामा वितृष्णता जाग्दछ । समग्रमा नेपालीलाई असर पर्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्