July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १४:५९
प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले प्रतिबन्धित पौने ६ लाख बराबरको भारतीय नोटससिहत वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालमा प्रतिबन्धित रहेका रु.पाँच सय र दुई हजारको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंह छन्। वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्नेक्रममा गुप्तालाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको हो।

भारतबाट वीरगञ्जतर्फ आइरहेको उनको साथबाट भारतीय रू.५०० को दरको नोट–३६३ थान रु.२०० को नोट–१३ थान, रु.१०० दरको नोट–१४५ थान रू.५० दरको नोट–२८ थान गरी दुई लाख बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, रजतजयन्ती चोकबाट नै सिंहलाई पनि चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

भारतबाट आउँदै गरेका उनको साथबाट भारतीय प्रतिबन्धित नोट रु.२००० दरका नोट–२१ थान, रू.५०० दरको नोट–६४४ थान रू.२०० दरको नोट–३३ थान रु.१०० दरको नोट–४५ थान र रू.५० दरको नोट–१४ थान गरी तीन लाख ७५ हजार भारु बरामद गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताए।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्