May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० 0८:0८
आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ ।

सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ ।

वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको थियो । तर गणतन्त्र स्थापनापछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो ।

सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निर्णय गरेको हो । संघमा प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूको संयोजकत्वमा दिवस विशेष कार्यक्रम आयोजक समिति गठन गरी दिवस मनाइदैछ । सरकारले घरघरमा दीपावली बाल्न र राष्ट्रिय झन्डा झुकाउन समेत आह्वान गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ७, २०८० 0८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट