April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ? गुणस्तरहिन चाउचाउ भेटिएपछि २ लाख जरिवाना आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

ब्लड ग्रुप नमिले पनि गरियो मिर्गाैला प्रत्यारोपण

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:२९
ब्लड ग्रुप नमिले पनि गरियो मिर्गाैला प्रत्यारोपण

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मिर्गाैला प्रत्यारोपण गरिएको छ ।

ब्लड ग्रुप ‘ए’ भएका ६५ वर्षीया दाताबाट ‘ओ’ ब्लड ग्रुप भएका ७२ वर्षीय ग्रहणकर्तामा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञहरू डा. आरके अग्रवाल र डा. सुमित आचार्य नेतृत्वको टिमले नेपालमा दुर्लभ र जटिल मानिएको फरक ब्लड ग्रुपको प्रत्यारोपण ‘एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट’ गरेको हो ।

डा. आचार्यका अनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि प्रत्यारोपीको रगतमा एन्टिबडीको स्तर कम गर्न र नयाँ मिर्गौला अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो ।

यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य प्रकारको मिर्गाैला प्रत्यारोपणको तुलनामा यो जटिल र महङ्गो उपचार पद्धति हो ।

प्रत्यारोपण गरिएका व्यक्तिलाई अस्पतालबाट ६ दिनमा डिस्चार्ज गरिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । नर्भिकमा हालसम्म सात वटा मृगौला प्रत्यारोपण भइसकेको छ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।