May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

इमाको गुम्ने भयो फ्रेन्च ओपन र विम्बल्डन

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५४
इमाको गुम्ने भयो फ्रेन्च ओपन र विम्बल्डन

काठमाडौं । बेलायतकी इमा राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी छन् । नाडी र कुर्कुच्चाको शल्यक्रिया गरेका कारण पूर्वयूएस ओपन च्याम्पियन राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी हुन् ।

राडुकानुले बुधबार साँझ समाजिक सञ्जालमा फाटो राखेर भनेकी छन्, “विगत १० महिनादेखि मेरा दुवै हातका हड्डीमा चोट दोहोरिरहेको थियो । अहिले सुरक्षित भएको छ । दुवै हातको समस्या समाधानका लागि सानो शल्यक्रिया गरिएको छ । अब आउँदो केही महिनाका लागि कोर्टबाहिर हुनेछु भन्नुपर्दा म निराश छु । यो अवस्थामा हुँदा मेरो खुट्टामा अर्को सानो शल्यक्रिया हुनेछ ।’’

सन् २०२१ मा १८ वर्षको उमेरमा यूएस ओपनको उपाधि जितेपछि राडुकानुले फिट रहन र लय भेट्टाउनका लागि संघर्ष गरिरहनुपरेको थियो । दाहिने हातमा चोट लागेका कारण राडुकानुले गएको महिना मड्रिड ओपनबाट नाम फिर्ता लिएकी थिइन् ।

मड्रिड ओपनबाट नाम फिर्ता लिएपछि राडुकानु सम्भवतः वरीयतामा शीर्ष १०० भन्दा बाहिर रहनेछिन् । राडुकानु मियामी ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

अष्ट्रेलियन ओपनमा पन राडुकानु दोस्रो चरणमै कोको गउफसँग सोझो सेटमा पराजित भएर बाहिरिएकी थिइन् ।

‘‘यस ग्रीष्मकालमा हुने प्रतियोगिता गुमाउनुपर्दा मलाई पीडा भएको छ । मेरा समस्याहरूलाई समाधान गरेर फेरि कोर्टमा फर्किनेछु । निरन्तर साथ र सहयोगका लागि सम्पूर्ण समर्थकहरूलाई धन्यवाद,’’ राडुकानुले भनेकी छन् ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट